बिर्तामोड , भदौ १८ । बिर्तामोडमा मुख्य कार्यालय रहेर संचालनमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले कुरिलोको बिरुवा र रायोको बीउ वितरण गरेको छ ।

संस्थाले आफ्ना सदस्यहरुलाई १५ सयवटा कुरिलोको बिरुवा र ५०० प्याकेट रायोको बीउ वितरण गरेको हो ।
लकडाउनमा घरमा बसिरहनु पर्ने अवस्थालाई मध्यनजर गर्दै सदस्यहरुलाई बोटबिरुवा रोप्न प्रेरणा मिलोस् भनेर ‘बोट बिरुवा रोपौ स्वस्थ्य रहौं’भन्ने नारासहित संस्थाले बुधबार आफ्नै कार्यालयबाट कुरिलो र रायोको बीउबिरुवा वितरण गरिएको अध्यक्ष दिपेन्द्र राउतले बताए । । लकडाउनको बेलामा होस् वा अन्य कुनै वेलामा सदस्यहरुलाई संस्थाले सेवा प्रवाह गर्दै आएको छ । संस्थाले लकडाउनको अवधिमा कार्यक्षेत्रभित्र रहेका स्थानीय तहलाई ३ लाख रुपैयाँ सहयोग गरेको थियो भने एकका लागि एक अभियानलाई पिसिआर मेशिन स्थापनाको लागि ५१ हजार रुपैयाँ प्रदान गरेको थियो । त्यस्तै अर्जुनधारा क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई नयाँ लता कपडा र अर्जुनधारा नगरपालिकाभित्र २०० विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्