झापा , भदौ १८ । समुदायमा कोरोना संक्रमण फैलिएको आशंकामा झापाको शिवगञ्ज बजार अनिश्चित समयका लागि सिल गरिएको छ ।

बुधबार कोरोना संक्रमण पुष्टि भएकी तर बिर्तामोड नगरपालिकाले रिपोर्ट लुकाइएकी एनआइसी एसिया बैंक बिर्तामोडकी २४ वर्षीया महिला कर्मचारी शिवसताक्षी ६ शिवगञ्जकी भएको खुलेसँगै सो बजार सिल गरिएको हो । वडालाई चार किल्ला तोकेर सिल गरिएको वडाध्यक्ष मनोज कार्की खुलालले बताए । यसैबीच शिवसताक्षी नगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले ती महिलाको सम्पर्कमा आएकालाई सेल्फ होम क्वारेन्टाइनमा बस्न र अरुलाई पनि सतर्क रहन आग्रह गरेको हो । ती महिलाको सम्पर्कमा आएकाको तत्काल कन्ट्याक्ट ट्रेसिङ गरिने नगरपालिकाले जनाएको छ। एनआइसी एसिया बैंककी ती महिला कर्मचारीसँगै हिजो एकैघरका चार जनामा संक्रमण पुष्टि भएको हो । सोही सूचना नगरपालिकाका फोकल पर्सन ओम खड्काले लुकाउने असफल प्रयत्न गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्