झापा , भदौ १९ । झापामा समुदायमा कोरोना संक्रमण अझ फैलिएको छ ।

आज एकैदिन समुदायका २० सहित २६ जनामा कोरोना संक्रमण देखिएको हो । त्यसमध्ये ७ महिला र १९ पुरुष रहेका छन् । संक्रमित हुने समुदायका ब्यक्तिहरुमा मेचीनगर नगरपालिकाका वडा नं ७ र १० का ४ पुरुष, दमक नगरपालिका वडा नं ६ , ७ र ८ का ३ महिला र २ पुरुष , कनकाई नगरपालिका वडा नं ३ र ५ का २ महिला र ८ पुरुष , गौरीगञ्ज ५ का एक पुरुष रहेका छन् । त्यस्तै भद्रपुरका २ जना महिला प्रहरीमा पनि संक्रमण देखिएको छ । त्यसैगरी कचनकवल ७ का एक पुरुष, झापा गाउँपालिका १ का तीन पुरुषमा पनि आजै संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका थिए । योसँगै जिल्लामा कोरोना संक्रमितहरुको सँख्या ६४१ पुगेको छ । त्यसमध्ये ४८१ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्