भद्रपुर, भदौ १९ । राप्रपा संयुक्त मेचीनगरका अध्यक्ष नरेश महराको नेतृत्वमा २० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस मेचीनगरको संयोजनमा आयोजित कार्यक्रममा राप्रपा छोडेर महरासहितका व्यक्तिहरू काँग्रेसमा प्रवेश गरेका हुन् ।नवप्रवेशीहरूलाई काँग्रेस नेता कृष्णप्रसाद सिटौला, जिल्ला सदस्य विजय रिजाललगायतका नेताहरूले स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए । यसैबीच भद्रपुर १ र ८ बाट नेकपा तथा राप्रपा छोडेर केही युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । वडा समितिमार्फत आयोजित कार्यक्रममा २० बढी युवाहरू काँग्रेसमा प्रवेश गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्