झापा , भदौ २० । समुदायमा कोरोना संक्रमण बढ्ने क्रममा झापामा आज ५ जना संक्रमित थपिएका छन् । थपिएका एक महिला र चार पुरुष सबै समुदायका हुन् ।

दमकमा एक महिलासहित थप ३ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएकामध्ये एक महिला र एक पुरुष वडा नं ८ का हुन् भने अर्का एक पुरुष वडा नं २ का हुन् । थपिएकामा वडा नम्बर २ का ३५ बर्षिय एक पुरुष र वडा नम्बर ८ की ४५ बर्षिया महिला र ६२ बर्षिय पुरुष रहेको नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समिति सचिव कुवेर भट्टराईले जानकारी दिए ।
संक्रमण देखिएका तीन जनामध्ये एक जना भने सामाजिक अभियन्ता रहेको बताईएको छ । उनी नगरपालिका लगायतका बिभिन्न बैठकहरुमा सहभागी भएको व्यक्ति रहेको बताईएको छ । संक्रमण देखिएका सबै समुदायमा घुलमिल भएका हुन् । यो संक्रमणसंगै दमकमा संक्रमित हुनेको संख्या ११४ पुगेको छ । त्यसमध्ये ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै आज बिर्तामोड नगरपालिकाका एक स्थानीयमा संक्रमण देखिएको छ । संक्रमित व्यक्ति वडा नं २ का ३८ वर्षिय पुरुष रहेका छन् । त्यसैगरी शिवसताक्षी नगरपालिका वडा नं २ का ३३ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । निमोनिया भएका ती संक्रमितलाई धरान रेफर गरिएको थियो । धरानबाट घर आएका संक्रमितको स्वास्थ्य स्थिति जटिल भएपछि आज नै उनलाई भेन्टिलेटरसिहतको उपचारका लागि पुनः धरान नै पठाइएको चौलागाईले बताए । योसँगै झापामा संक्रमितको सँख्या ६४२ पुगेको छ । त्यसमध्ये ४८१ जना निको भएर घर फर्किएका छन् । त्यस्तै १६१ जना आइसोलेसनमा उपचाररत रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्