कनकाई , भदौ २२ । एकजनाको मृत्यु भएको कनकाई नगरपालिकामा १३ जना कोरोना संक्रमित थपिएका छन् ।

हिजो साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कनकाई वडा नं ७ का ४ जना र वडा नं ३ का ९ जना सबै स्थानीय समुदायकै रहेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । वडा नं ३ का एक परिवारका सबै ६ सदस्यहरुलाई संक्रमण देखिएको स्वास्थ्य शाखाका लक्ष्मी अधिकारीले बताए । उनका अनुसार संक्रमितमध्ये एकजना ७९ वर्षकी बृद्धा रहेकी छन् ।
गत भदौ १६ गते लिइएको ९८ जनाको स्वांवबाट १३ जनामा कोरोना फेला परेको हो । कनकाई ३ मा केही दिनअघि कनकाई नगरपालिकाको डाटा इन्ट्रीमा काम गर्ने एक महिला कर्मचारीमा कोरोना पुष्टि भएपछि सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ । कन्काई नगरपालिका ३ सुरुङ्गाकी ४५ बर्षीया संक्रमित महिलाको हिजो मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्