दमक, भदौ २२ । दमक जेसीजको सोमबारदेखि जेसीज सप्ताह शुरु भएको छ ।

दमक जेसीजले ४० औ स्थापना दिवससहित आफनो सप्ताह कार्यक्रम औपचारिक रुपमा शुरु गरेको हो ।
जेसीज सप्ताहका अवसरमा सोमबारदेखि भदौ २४ गते तीन दिनसम्म कोभिड संक्रमणका कारण सामाजिक दुरी कायम गरी विभिन्न कार्यक्रमहरुको आयोजना गर्न लागिएको अध्यक्ष कमल कटुवालले बताए । उनका अनुसार जेसीज सप्ताहको पहिलो दिन जेसीज सचिवालयमा उद्घाटनसहित स्थापना दिवस गरिनुका साथै जेसीज सदस्यहरुलाई नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको थियो ।
यसैगरी भदौ २३ गते मंगलवार विहान ११ बजे दमक उद्योग वाणिज्य संघको सभाहलमा कोभिड १९ सम्बन्धी जनचेतनामूलक अन्तरकृया, ३ बजे नगरपालिकालाई कोरोना परीक्षणका लागि चाहिने भिटिएम किट हस्तान्तरण गरिने कार्यक्रम रहेको महासचिव सञ्जिव बरालले बताएका छन् । त्यस्तै भदौ २४ गते बिहान ११ वजे निर्माणाधिन जेसीज तालिम केन्द्रमा स्वास्थ्य सामग्री वितरण र ३ बजे जेसीज सचिवालयमा जेसीज सप्ताहको समापन तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको महासचिव बरालले जनाए ।
जेसीज सप्ताह कार्यक्रम सम्पन्न गर्न नवराज उप्रेती (अनिश ) मूल कार्यक्रम संयोजक रहेको एक उपसमिति गठन गरिएको छ ।
हरेक वर्ष जेसीजले विभिन्न सामाजिक गतिविधि गरी सप्ताह कार्यक्रम सञ्चालन गर्दै आएको पूर्व अध्यक्ष चन्द्र खत्रीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्