राजगढ , भदौ २२ । बाह्रदशी गाउँपालिकाका एकजना अटोचालकलाई कोरोना संक्रमण देखिएको छ ।

बाह्रदशी गाउँपालिका वडा नं ५ का अटोचालकलाई कोरोना संक्रमण पुष्टि भएको हो । गाउँपालिकाले ५ दिनअघि अटोचालक र स्वास्थ्यकर्मी गरी ६२ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाएको थियो । त्यसमध्ये एकजना अटोचालकको रिपोर्ट पोजिटिभ आएको गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बताए । त्यसैगरी हिजो कोरोना संक्रमणबाट मृत्यु भएकी कनकाई ३ की ४५ वर्षिया महिलाको माइतीघर र आसपासका व्यक्तिहरुको आज कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । ती महिला बाह्रदशी ५ मा रहेको माइत गएकी थिइन् । गाउँपालिकाले सूचना जारी गरी ती महिला घुमेको ठाउँ उनको माइतीघर , धामीझाक्री टोल , स्वास्थ्य चौकी , चौक बजार र चकचकी बजार अनिश्चितकालका लागि सिल गरेको छ । त्यस्तै गाउँपालिका र ४ नं वडा कार्यालय पनि बन्द गरिएको अध्यक्ष राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्