सोलु राजवंशी,

हिजो आजको मुख्य विषयवस्तु– कोरोना भाइरसबाट आफ्ना देशका जनतालाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा विश्व समुदाय चिन्तित छन् । तर हाम्रो देश नेपालका जनप्रतिनिधिदेखि लिएर देश हाँक्ने हस्ती र महान नेताहरु एक अर्कालाई आरोप र प्रत्यारोप लगाउने काममा व्यस्त देखिन्छन्। परापूर्वकालदेखि वीर गोर्खालीको नामले विश्वमा चिनिएका नेपालीहरु, विश्व महामारीको रुपमा पैmलिएको कोरोनाबाट बच्न व्यवस्थित क्वारेन्टाइन, समयमा चेकजाँच र उपचार नपाएर राजु सदाजस्तै छट्पटिएर केही त्यस्ता जनप्रतिनिधि र राष्ट्र हाक्ने हस्ती र महान नेताहरुकै कारणले मरिरहेका छन् । सन्दर्भतिर लागौं, विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) तिर ध्यान नदिएर हाम्रा देशका जनप्रतिधि, नेताहरु , नागरिकता संशोधन विधेयक, सीमा क्षेत्र र सरकार ढाल्ने र बचाउने काममा धेरै व्यस्त हुनु यो अहिलेको परिवेशमा नसुहाउने कुरा हो । रह्यो कालापानी, लिम्पियाधुरा, लिपुलेख सीमा क्षेत्रको बारेमा नेपाल भारतसंग एकरति पनि डराउनु पर्ने जस्तो देखिदैन । किनकी नेपाल र भारतको सम्बन्ध नङ र मासुको जस्तै छ र नाताको सम्बन्धमा पनि नेपाल भारतको ससुराली देश हो भने भारत, नेपालको ज्वाइँ ( राम जन्मभूमि–भारत, सीता जन्मभूमि–नेपाल) देशको रुपमा परापूर्वकालदेखि चिरपरिचित नै छन् । धर्मको हिसावले पनि ५ नाथमध्ये नेपालमा २ नाथ (पशुपतिनाथ र मुक्तिनाथ) छ भने भारतमा ३ नाथ (जगन्नाथ, केदारनाथ र बद्रीनाथ) छन् । हिन्दु धर्मअनुसार मर्नुभन्दा पहिले यी चार धाम सक्नेले दर्शन गरेर मर्छन् भने नसक्नेहरुले दर्शन गरेर मर्न पाए हुन्थ्यो भन्ने सोच राखेको हुन्छन् । तसर्थ सीमा क्षेत्रको बारेमा भारतसंग एकरति पनि डराउनु पर्ने देखिदैन । डराउनु पर्छ भने चिनसंग र तेस्रो मुलुक पाकिस्तानसंग पनि । यो अर्थमा डराउनु पर्छ कि हिन्दु राष्ट्रलाई बर्वाद गर्न हिन्दुबिरोधी उग्र आतंकवादीहरुलाई पाकिस्तानले देशमा घुसपैठ गराईराखेको हुन्छ । हाल वीर गोर्खाली नेपालीहरुलाई कोरोना भाईरसबाट कसरी बचाउन सकिन्छ भन्नेतिर ध्यान दिनु अति जरुरी देखिन्छ । नत्र भने अब वीर गोर्खाली नेपालीहरु मान्ने वाला छैन । नेपाल देशको पूर्वी भेगका राई र लिम्बुहरुले ख्याल–ख्यालमा खुकुरीले ३ इन्च काटिएछ भन्ने गरेजस्तै अव वीर गोर्खाली नेपालीहरु यो गर्न पछि पर्ने छैनन्।त्यसकारण जनप्रतिनिधि, नेतादेखि लिएर राष्ट्र हाँक्ने महान नेताहरुले अबको दिनहरुमा तेरो–मेरो, आरोप–प्रत्यारोप, गुन्डागर्दी, भ्रष्टाचार ……….. आदिबाट सुध्रिन जरुरी देखिन्छ । र, भर्खरै जन्मेको नवजात शिशुको टाउकोमा थुपारेको ऋण रु. ५५०००÷– बाट मुक्त गर्नुका साथै प्रत्येक नेपालीमाथि थुपारेको ऋणहरुको हिसाब– किताव पनि देखाउनु जरुरी देखिन्छ । वीर गोर्खाली नेपाली जनताले एकदिन यसको खोजिनीति पनि पक्कै गर्ने छन् । जय नेपाल ।
मेचीनगर न.पा.–१४ बलमतवाडी, हाल–बेनी न.पा.–८ गणेशटोल, म्याग्दी

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्