बिर्तामोड, भदौ २४ । बिर्तामोड नगरपालिकाका एकजना अटोचालकलाई कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा बिर्तामोड २ का २९ वर्षिय अटोचालक रहेका छन् । नगरपालिकाले भदौ १६ र १७ गते ९७९ जना अटोचालकको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो । त्यसमध्ये पहिलो चरणमा आएको रिपोर्टमा एकजनाको पोजिटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले बताए । उनले ९७९ जनामध्ये २०० जनाको रिपोर्ट होल्डमा रहेको जानकारी दिए । अटो सञ्चालनले जोखिम बढेको भन्दै नगरपालिकाले अटोरिक्सा चालकको पिसिआर परीक्षण गराएर मात्र सञ्चालन गर्न दिने गरी अटो संचालनमा रोक लगाएको थियो । अब पिसिआर नेगेटिभ भएकाहरुले अटो संचालन गर्न पाउने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्