एजेन्सी । प्रत्येक वर्ष भारतमा हजारौ —लाखौं बलात्कारका घटना दायर हुने गरेका छन् । तर, त्यसमध्ये केही घटना यस्ता छन् ,जसले समाजलाई नै हल्लाइदिएको छ ।

राजधानी दिल्लीमा त्यस्तै एक घटना सार्वजनिक भएको छ । जहाँ एक व्यक्तिले ८६ वर्षिया बृद्धालाई बलात्कार गरेका छन् । ती बलात्कारी प्रहरीको हिरासतमा छन् । दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालिवालका अनुसार ती बृद्धा साँझपख आफ्नो घरबाहिर ग्वालालाई पर्खिरहेकी थिइन् । त्यही बेला एकजना ब्यक्तिले आएर दिनहुँ दुध दिन आउने ग्वाला नआउने भन्दै आफूले अर्को ठाउँबाट दुध किनिदिने बताएका थिए । भरोसा गरी गएकी बृद्धालाई खेतमा लगेर ती ब्यक्तिले बलात्कार गरेका थिए । बृद्धा रोएको आवाज सुनेर आएका स्थानीयले पक्राउ गरी बलात्कारीलाई प्रहरीको जिम्मा दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्