मनोज खुलाल कार्की,

विपी नेपालको प्रजातान्त्रिक आन्दोलनका महासेसानी हुन् । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त राजनीतिक चिन्तक तथा विचारक पनि । नेपालका प्रतिष्ठित लोकप्रिय साहित्यिक प्रतिभा ।

जनतालाई मौलिक अधिकारहरु प्रदान गर्न लिङ्ग, वर्ण , जातजाति ,धर्म , सम्प्रदाय ,भाषा भाषिकाहरुको विवादबाट माथि उठेर राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ गर्दै गाँस, बास, कपास, शिक्षा ,स्वास्थ्य आदि जनताको न्यूनतम आवश्यकता भएको विपीले प्रष्ट पारेका छन् ।

विपी कोइरालाको अग्रसरतामा २००६ सालमा नेपाली काँग्रेसको स्थापना भयो । नेपाली काँग्रेस पार्टीको घोषणापत्रमा प्रतिपादक कोइरालाले २०१२ मा प्रजातान्त्रिक समाजवाद नै आफ्नो पार्टीको दीर्घकालीन उद्देश्य र लक्ष्य भएको चर्चा गरेका छन् । पुँजीवादी शासन प्रणाली भएका मुलुकहरुको विषम आर्थिक स्थिति (व्यक्तिको शोषण ) र साम्यवादी मुलुकहरुमा एक व्यक्ति वा एकदलीय शासन प्रणालीद्वारा हुने राज्य शोषणबाट व्यक्ति र राष्ट्रको विकास हुन नसक्ने हुँदा धनी र गरिबबीचको फाटो हटाउन बहुदलीय शासन प्रणालीमा जानुको विकल्प विपीको निष्कर्ष नै हो ।
जनतालाई मौलिक अधिकारहरु प्रदान गर्न लिङ्ग, वर्ण , जातजाति ,धर्म , सम्प्रदाय ,भाषा भाषिकाहरुको विवादबाट माथि उठेर राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ गर्दै गाँस, बास, कपास, शिक्षा ,स्वास्थ्य आदि जनताको न्यूनतम आवश्यकता भएको विपीले प्रष्ट पारेका छन् । त्यसको परिपूर्ति गर्न विपीद्वारा प्रतिपादित आर्थिक राजनीतिक कार्यक्रम नै प्रजातान्त्रिक समाजवाद हो । आज विपी भौतिक रूपमा नरहे पनि उनका विचारहरु हामीमाझ जीवन्त रहिरहेका छन्, रहनेछन् । विपी स्मृति दिवसको सबैमा शुभकामना ! ( लेखक ः— झापा,शिवसताक्षी ६ का वडाध्यक्ष हुन् )

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्