राजगढ , भदौ २५ । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नं १ सदस्य वेदराज रेग्मीलाई कोरोना संक्रमण भएको छ ।

झापा बाह्रदशी गाउँपालिका ५ निवासी रेग्मीको पिसिआर रिपोर्ट आज पोजिटिभ आएको हो । उनीसँगै बाह्रदशीका एक १२ वर्षिय बालकको रिपोर्ट पनि पोजिटिभ आएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकी कनकाई नगरपालिका ३ की ४५ वर्षिया महिलाको छोरालाई संक्रमण देखिएको हो । उनी बाह्रदशी ५ स्थित मावलमा बस्दै आएका थिए । महिलाको मृत्यु भएको भोलिपल्ट बाह्रदशी गाउँपालिकाले ती महिलाको माइतीघर र आसपासका गरी ७६ जनाका कन्ट्याक्ट टे«सिङ गरेको थियो । त्यसमध्ये ७२ जनाको रिपोर्ट हिजो नेगेटिभ आएको थियो । बाँकी ४ जनामध्ये दुई जनाको रिपोर्ट पोजिटिभ आएको र दुईजनाको आउन बाँकी रहेको जनाइएको छ । संक्रमित रेग्मीलाई मेची प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी भइरहेको उनका भतिज बाह्रदशी गाउँपालिकाका योजना अधिकृत तेजराज रेग्मीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्