झापा , भदौ २५ । शिवसताक्षी नगरपालिका वडा न. ६ की कोरोना संक्रमण नभएकी एक महिलालाई संक्रमित ठहर गरिएको छ ।

हिजो शिवसताक्षी ६ का ३२ र २६ वर्षिया महिलालाई कोरोना पोजिटिभ भएको उल्लेख गरिएको थियो । यसअघि भदौ २० गते संक्रमण देखिएका ३२ वर्षिय फलफूल व्यवसायीका परिवारका सदस्य संक्रमित भएको भनिएको थियो । फलफूल व्यवसायीकी २६ वर्षिया श्रीमती र ३२ वर्षिया भाउजुलाई संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय र शिवसताक्षी नगरपालिकाले जनाएका थिए । तर, ती फलफूल व्यवसायीकी भाउजुको रिपोर्ट पोजिटिभ आएको थिएन । प्रहरीले गलत रिपोर्ट दिँदा नेगेटिभ ब्यक्तिलाई पोजिटिभ भनिएको शिवसताक्षी नगरपालिकाका क्वारेन्टाइन प्रमुख रोशन भट्टराईले बताए । उनले त्यसलाई आज सच्याइएको जानकारी दिए । यसैबीच आज शिवसताक्षी ६ मा दुई महिला र तीन पुरुष गरी पाँचजनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ती संक्रमित फलफूल व्यवसायीका दाजु , भतिज , भतिजी र दुईजना छिमेकी रहेका छन् । शिवसताक्षी नगरपालिकाले आज ९७ जनाको स्वाब संकलन गरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई संक्रमण देखिएपछि सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब लिइएको हो । क्वारेन्टाइनमा बसेका १२ पुरुष , ३ महिला , होम क्वारेन्टाइनमा बसेका ९ पुरुष , एक महिला , बाहिरका एक जना तथा नगरपालिकाका ४५ पुरुष र २६ महिलाको स्वाब संकलन गरिएको क्वारेन्टाइन प्रमुख भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्