झापा , भदौ २६ । बिर्तामोडका दुई स्वास्थ्यकर्मीसहित आज झापामा ९ महिला र ५ पुरुष गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुने बिर्तामोडका स्वास्थ्यकर्मीहरु पूर्वाञ्चल क्यान्सर हस्पिटलको भएको जनाइएको छ । सो हस्पिटलका २३ वर्षिया एक महिला र ३२ वर्षिय अर्का पुरुष स्वास्थ्यकर्मीलाई कारोना पोजिटिभ देखिएको हो । त्यस्तै दमक नगरपालिकामा ६ महिला र ३ पुरुष गरी ९ जनालाई संक्रमण पुष्टि भएको छ । २५ , ३५ र ६६ वर्षका संक्रमितहरु दमक वडा नं २ , ७ र ९ का स्थानीय हुन् । त्यसैगरी मेचीनगर नगरपालिकामा २ महिला र एक पुरुष गरी तीन जनालाई संक्रमण देखिएको छ । वडा नं १ र १० ती संक्रमितमभ्ये दुईजना भारतबाट फर्केका र एकजना स्थानीय भएको जनाइएको छ । आज १४ जना थपिएसँगै झापा कोरोना संक्रमितको सँखया ७३९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्