दमक, भदौं २६ । झापाको दमकमा आज १०६ बर्षीय एक बृद्धसहित थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज संक्रमण देखिएकामा ७ बर्षिय बालकदेखि १०६ बर्षका बृद्धसम्म रहेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमित हुनेमा ३ पुरुष र ६ महिला छन् । थपिएकामा दमक २ की २६ बर्षिया एक महिला, दमक ७ की ५२ बर्षिया र २० बर्षिया दुई महिला रहेकी छन् । त्यसैगरी दमक ९ का ३१, ५० र ७४ बर्षका तीनजना महिला र ७, ७० र १०६ बर्षका तीनजना पुरुष रहेका छन् । संक्रमण देखिने वृद्ध भने दमक –९ का हुन् ।
यसअघि हिजो एक जना पुरुषमा संक्रमण देखिएको थियो । चार दिनअघि १०५ जनाको नमुना स्वाव संकलन गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईएको थियो । परीक्षणका लागि पठाईएकामध्ये १० जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए ।
आज नै संक्रमितहरुको सम्पर्कमा रहेका थप ९६ जनाको नमुना स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि प्रतिष्ठानको प्रयोगशालामा पठाईएको उनले बताए ।
योसंगै दमकमा कोरोना संक्रमितको संख्या १२९ पुगेको जनाइएको छ भने उपचारपछि निको हुनेको संख्या ९८ जना रहेको छ । ३१ जनाको विभिन्न कोभिड अस्पताल,आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्