बिर्तामोड भदौ, २७ । इलाका प्रहरी कार्यालय बिर्तामोडले २२ ग्राम लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

बिर्तामोड–३ स्थित गोपाल एग्रोभेट्समा ब्राउन सुगरको कारोबार भइरहेको सूचना पाएसँगै एग्रोभेट्सबाटै सञ्चालक गोपाल गौतमलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले जनाए । बिर्तामोड प्रहरीले छापा मारेर शनिबार उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्