झापा , भदौ २८ । झापा शिवसताक्षी नगरपालिकाकी एक सुत्केरी महिलालाई कोरोना संक्रमण देखिएको छ ।

सुत्केरी गराउन नोवेल हस्पिटल विराटनगर गएकी शिवसताक्षी ५ की २३ वर्षिया महिलालाई कोरोना संक्रमण देखिएको हो । उनी पाँच दिन अघि सुत्केरी गराउन हस्पिटल गएकी थिइन् । संक्रमण देखिएपनि महिलाले बच्चा जन्माइसकेको शिवसताक्षी नगरपालिकाका क्वारेन्टाइन प्रमुख रोशन भट्टराईले बताए । झापामा आज एकजनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश १ मा भने ४६ संक्रमित थपिएका छन् । तीमध्ये मोरङका ४१ जना छन् भने खोटाङ र उदयपुर १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्