दमक, भदौ २८ । स्मार्टफोनका प्रयोगकर्ताले खोज्ने अधिकतम सुविधा समावेश गरिएका सामुसङ ग्यालेक्सीका दुई नयाँ मोडल नोट– २० तथा नोट –२० अल्ट्राको दमकमा बिक्री शुरु गरिएको छ ।

दमक ८ पश्चिम बसस्टेण्डमा रहेको सामसुङ मोवाईलको आधिकारिक बिक्रेता न्यू झापा ट्रेड कन्सर्नले विश्व प्रसिद्ध कम्पनी सामसुङले बजारमा ल्याएको दुई नयाँ मोडलको मोवाईल एकैसाथ बिक्री शुरु गरेको हो ।
आज शोरूममा आयोजित लन्चिङ कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले शुभारम्भ गरेका थिए । सामसुङले सालैपिच्छे निकाल्ने आफ्नो बिशिष्ठ नोट सिरिजको यो नयाँ संस्करण भएको न्यू झापा ट्रेड कन्सर्नका डाइरेक्टर तथा मोबाइल ब्यवसायी वस्तुगत संघ दमकका अध्क्षय भेनस श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लन्चिङ गरिएको नोट २० मा आठ जिवी ¥याम र २५६ जीवी रुम स्टोरेज रहेको छ भने जसको मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ रहेको छ । त्यसैगरी नोट २० अल्ट्रामा फाइभ जीमा १२ जिबी ¥याम र ५१२ जिबी इन्टर्नल स्टोरेज सुविधा छ भने मूल्य १ लाख ३९ हजार ९९९ तोकिएको न्यू झापा ट्रेड कन्सर्नका सञ्चालक श्रेष्ठले बताएका छन् । कार्यक्रममा दमकका अधिकांश मोबाइल ब्यवसायीहरूको उपस्थिति रहेको थियो।
दुबै मोडलका मोवाईल अग्रिम बुकिङ गर्ने ग्राहकलाई बिक्रेता संस्थाले आकर्षक उपहार समेत प्रदान गरिने जानकारी दिईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्