झापा , भदौ २९ । धरानमा मोरङका ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गएराति पौने ९ बजे धनपाल गाउँपालिका ६ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ। प्रतिष्ठानको अर्थो अवजरभेसन वार्डमा उपचाररत संक्रमितमा २६ गते कोरोना पुष्टि भइ कोभिड उपचार केन्द्रमा सारिएको थियो। संक्रमित पुरुषमा कुनै पनि दीर्घ रोग नभएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्