झापा , भदौ २९ । आज झापामा दुईजना कोरोना संक्रमित थपिएका छन् । थपिने एक महिला र एक पुरुष दुवैजना कमल गाउँपालिकाका रहेका छन् ।

कमल वडा नं ३ का दुई स्थानीयमा संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् । भदौ २६ गते ६२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा दुईजनाको रिपोर्ट पोजिटिभ आएको उनले जानकारी दिइन् । योसँगै कमल गाउँपालिकामा संक्रमितको सँख्या ५४ पुगेको छ । जसमध्ये ५० जना समुदायका र ४ जना विदेशबाट फर्केकाहरु रहेका छन् । संक्रमितहरुमध्ये ३ जना उपचाररत रहेको र त्यसबाहेक बाँकी निको भइसकेको अध्यक्ष काफ्लेले बताइन् । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला १३ पुरुष, धरानमा २ महिला २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । उता उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुगेको छ । प्रदेश १ मा आज १५ जना डिस्चार्ज भएका छन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्युरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४८३ जनाको पिसिआर परीक्षण भएको छ । परीक्षण भएकामध्ये १५ महिला र ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख ९ हजार १६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्