न्यूयोर्क , भदौ ३० । अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका झापालीहरूलाई संगठित गरी आपसमा भाइचारा र बन्धुत्वको सम्वन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित गरी झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ गठन भएको झापाली समाज यु.एस.ए.को प्रथम अधिवेशन सम्पन्न भएको छ ।

‘शिक्षामा सबैको पहुँचको लागि सामुहिक योगदान, एक व्यक्ति एक विद्यार्थी हाम्रो अभियान’ नाराका साथ भब्यरूपमा अधिवेशन सम्पन्न भएको हो । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रमुख अतिथिको रूपमा झापाली समाज यु.एस.ए.को भर्चुअल अधिवेशनको उद्घाटन गर्दै समाजले गर्न लागेको शैक्षिक अभियानको प्रशंसा गरे । साथै प्रदेश सरकारले आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । सभामा विशेष अतिथि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले समाजको यो अभियानले शैक्षिक क्षेत्रको सुधारमा महत्वपूर्ण योगदान रहने बताए । साथै समाजलाई यो अभियान झापामा मात्र सीमित नगरी २ नं. प्रदेश र कर्णाली प्रदेशका केही जिल्लामा पनि शुरू गर्न आग्रह गरे । नेपाल सरकारका पूर्व मुख्य सचिव डा. भोजराज घिमिरेले अधिवेशन सफलताको कामनाको सन्देश पठाउँदै समाजको ‘एक व्यक्ति एक विद्यार्थी’ अभियानको प्रशंसा गर्दै एकजना विद्यार्थीलाई उच्च मावि तहसम्म अध्ययन गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।साथै यो अभियान बीचैमा नरोकियोस् भन्दै यसको निरन्तरताका लागि गम्भीर बन्न आग्रह गरे । नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा झापा विकास मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले यो अभियान अत्यन्त प्रशंसनीय भएको र झापा विकास मञ्च अभियानमा एक साझेदारीको रूपमा सँगै काम गर्न तयार रहेको जानकारी दिए । त्यसैगरी जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले यो अभियानले जिल्लाको शैक्षिक क्षेत्रको सुधारमा उल्लेखनीय योगदान पुर्याउने र जिल्ला सहकारी संघले एक स्थानीय साझेदारको रूपमा निश्पक्ष र पारदर्शी रूपमा काम गर्दै लक्षित समुदायसम्म अभियानलाई पुर्याउने बचनवद्धता व्यक्त गरे । अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रीय अध्यक्ष छत्र सुब्बा (हङकङ) र संरक्षक दिनेश पोखरेल (अष्ट्रेलिया) दुवैले यो शैक्षिक अभियान अमेरिकाले शुरू गरेको भए पनि अन्तर्राष्ट्रिय झापाली समाजकै अभियानको रूपमा रहेको र संसारभर रहेका झापालीहरूलाई अभियानमा सामेल गराउने बताए । सभामै अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष दिपक खनाल (अष्ट्रेलिया)ले एक जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्मको अध्ययनमा सहयोग पुर्याउने प्रतिवद्धता जाहेर गरे । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले शैक्षिक संस्थामा हुने राजनीति बन्द भए आधा शैक्षिक क्षेत्रको समस्या समाधान हुने विचार व्यक्त गरे । साथै आफूले यो अभियानमा सक्दो सहयोग गर्ने वचनबद्धता जाहेर गरे । संसारभर रहेका झापाली समाजका राष्ट्रिय समितिहरूको तर्फबाट शुभकामना दिँदै युएइका राष्ट्रिय अध्यक्ष अशोक चापागार्इँ (दुवई)ले यो अभियानमा झापाली समाज युएइले पनि साथ दिने बताए । उनले झापाली समाज युएइले नेपालमा रू.१५ लाखको अक्षयकोष शैक्षिक क्षेत्रको सुधारमा सहयोग गर्ने गरी स्थापना गरिसकेको जानकारी दिए ।
सभालाई कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मा, अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार डा.शम्भु ढुंगाना, ए.एन.ए.का अध्यक्ष खगेन्द्र अधिकारी, झापाली समाज यु.एस.ए.का सल्लाहकार तथा मिशन रिविल्ड नेपालका अध्यक्ष डा. मदन उप्रेती, सल्लाहकार प्रा. डा. गोपी उप्रेती, एनआरएन आइसीसी सदस्य यमुना भट्टराई, इन्जाका अध्यक्ष गुणराज लुइँटेल, नेपाल पोलिसी इन्स्टिच्यूटका संस्थापक तथा युएनका रिटायर्ड अफिसर केदार न्यौपाने (स्वीजरलेन्ड), आइ.सि.ए. नेपालका संस्थापक अध्यक्ष डा. तत्वप्रसाद तिम्सिना, झापा समाज काठमाण्डौका अध्यक्ष डा.आनन्द श्रेष्ठ, अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार मेघराज नेपाल (जापान) लगायतले सम्वोधन गरेका थिए । मुकुन्द ढुंगानाकोे सभापतित्वमा नीलम विमलीले संचालन गरेको समारोहमा शैक्षिक अभियानको बारेमा असिस्टेन्ट प्रोफेसर डा.भेषराज मैनाली र जिल्लामा स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामको बारेमा डा.खगेन्द्र दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
दोस्रो दिन भएको बन्द सत्रमा डा. शम्भु ढुंगानाले प्रस्तुत गरेको विधान संशोधन मस्यौदालाई परिमार्जनसहित पारित गरिएको थियो । सभाले समाजका महासचिव निलम विमलीले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष डिल्ली थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो । प्रा.डा.गोपीनाथ उप्रेती अध्यक्ष, डा. शम्भु ढुंगाना र खगेन्द्र अधिकारी रहेको निर्वाचन समितिले मुकुन्द ढुंगाना (भद्रपुर)को अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष यमुना भट्टराई (दमक), उपाध्यक्षहरू सीता पाण्डे (गौरादह), प्रदिप तिम्सिना (भद्रपुर), नारायण शिवाकोटी (देउनीया), नविन पोखरेल (बुधवारे), महासचिव निलम विमली (सुरूंगा), सचिव युवराज खतिवडा (शिवगञ्ज), कोषाध्यक्ष युवराज खनाल (बिर्तामोड), सदस्यहरू डा.भेषराज मैनाली (चकचकी), डा.लीला खतिवडा (शिवगञ्ज), खगेन्द्र दाहाल (सुरूंगा), कविन्द्र सिटौला (चारपाने), टीका पौडेल (गौरादह), प्रसन्न संग्रौला (काँकरभिट्टा), मोहन निरौला (दमक), मञ्जु संग्रौला (बुधवारे), डिल्ली थापा (धुलावारी), बेद बस्नेत (दमक), दिपक पाण्डे (गरामुनी), विकास उप्रेती (धुलावारी), सावित्रा ओली भण्डारी (गौरादह), कृष्ण खतिवडा (गरामनी), मोहन उप्रेती (शिवगञ्ज) र डा. पर्शुराम दाहाल (भद्रपुर) रहेको २५ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरे ।
दुईदिने अधिवेशनको समापन गर्दै पुनः निर्वाचित अध्यक्ष मुकुन्द ढुंगानाले अधिवेशनले दिएको जिम्मेवारी इमान्दारीका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै हाल स्थापना गर्ने भनिएको रू २५ लाखको अक्षय कोषलाई तीन वर्ष भित्रमा बढाएर रू १ करोड पुर्याउने र ‘एक व्यक्ति एक बिद्यार्थी’ अभियानबाट आगामी तीन वर्ष भित्रमा २०० जना विद्यार्थीको उच्च माध्यमिक तह सम्मको अध्ययनमा सहयोग पुर्याउने घोषणा गरे । साथै शिक्षा नैं विकासको प्रमुख आधार भएको हुनाले यो महान अभियानमा सहयोग गर्न देश र विेदेशमा रहेका सवै नेपालीहरूमा आग्रह गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्