दमक ,३१ भदौ । दमकमा आज ८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । आज पोजेटिभ देखिएकामा एक महिला र ७ जना पुरुष रहेका छन् । संक्रमितहरु दमक –१, ५, ८, ९ र १० का १ ,१ जना र वडा नम्बर ४ का तीन जना रहेका छन् ।


धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा हिजो रिपोर्ट होल्ड गरिएका १२ जना मध्ये ८ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको क्वारेन्टाईन व्यवस्थापन समितिका सदस्य सचिव कुवेर भट्टराईले जानकारी दिए । अझै ४ जनाको रिपोर्ट होल्डमा राखिएको छ । उनीहरुको पनि आज साँझ सम्ममा अन्तिम रिपोर्ट आईसक्ने उनले बताएका छन् ।
बुधबार ८ जना थपिएसँगै दमकमा कुल संक्रमितको संख्या १ सय ३७ पुगेको छ । उनीहरु मध्ये १ सय जना उपचार पछि निको भई घर फर्किएका छन् भने बाँकी ३७ जना संक्रमितहरु भने दमकसहित पूर्वका विभिन्न कोभिड विशेष अस्पताल, आइसोलेसनहरुमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्