कमल ,३१ भदौ । झापाको कमल गाँउपालिका – ७मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा समिति गठन गरेको छ । आज पार्टी कार्यकर्ताहरुको वडा स्तरीय भेलाले लयप्रसाद उप्रेतीको अध्यक्षतामा वडा समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा चौवान मिश्र, सचिवमा दिपक बोहोरा, सहसचिवमा श्रीमान कटुवाल र कोषाध्यक्षमा उर्मीला खड्का रहेका छन् ।


यस्तै सदस्यहरुमा गोविन्द चम्लागार्इँ, मञ्जु भण्डारी, प्रेमप्रसाद सेढाई, खेम सुवेदी, ताराचन्द्र सुब्बा, तिलोचन ढकाल, देवी वस्नेत र राजेन्द्र धिमाल रहेका छन् । वडा भेलामा पार्टीका गाँउपालिका अध्यक्ष विष्णु पौडेल, जिल्ला सदस्य सन्तोष कार्की, कमल–५ का पार्टी अध्यक्ष खड्ग बहादुर श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
राजसंस्थासहितको हिन्दु राष्ट्रको वकालत गरिआएको राप्रपाले कमलमा सांगठानिक विस्तार गर्दे धमाधम सातवटा वडामा पार्टी गठनसँगै विभिन्न अभियान सञ्चालन गरिआएको पार्टी परिचालन तथा अनुगमन समितिका संयोजक दिपक खरेलले जानकारी दिए । उनले महिना दिन भित्रमा कमल भित्र पार्टी संगठन निर्माण गरिसक्ने वताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्