कुमरखोद , भदौ ३१ । झापा गाउँपालिकाले लकडाउनलाई केही खुकुलो बनाएको छ ।

गाउँपालिकाले भदौ १० गतेदेखि पटकपटक आंशिक रुपमा लकडाउनलाई निरन्तरता दिदै आएको छ । असोज १५ गतेसम्म लम्वाएको लकडाउनलाई केही खुकुलो बनाइएको हो । अब बिहानदेखि बेलुका ५ बजेसम्म पसल तथा हाटवजार खोल्न पाईने निर्णय गरिएको झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले जानकारी गराएका छन् ।
झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले लकडाउनलाई खुकुलो बनाएर असोज १ गते देखि १५ गतेसम्म बिहानदेखि दिउँसो ५ बजेसम्म सम्पूर्ण पसल र हाटबजार खुल्ला गर्ने निर्णय गरेको छ भने मेडिकलको हकमा दिनभरि खुल्ला रहने छ ।झापा गाउँपालिकाभित्र कोरोनाका कारण यदि कसैको मृत्युु भएमा शवलाई व्यवस्थापन गर्नका लागि रानीवनको उपयुुक्त क्षेत्र छनोट गरी थप समन्वयका लागि रानीवन समितिसँग वडा नं ६ र ७ का अध्यक्षहरुलाई जिम्मेवारी दिएको, बजार व्यवस्थापन समितिहरुलाई अझ सक्रियतापूर्वक खट्न अनुरोध गरिएको , मास्क नलगाई हिड्ने जो कोहीलाई कार्वाही गर्न र जरिवाना लिन प्रहरी प्रशासनलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्