मेचीनगर, असोज १ । मेचीनगरका विभिन्न वडाका सातजना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर बिहीबार डिस्चार्ज भएका छन् ।

उनीहरुलाई व्यवस्थित तथा सुरक्षितरुपमा दुई सातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी आइसोलेसन सेन्टरबाट डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा तीन महिलासहित सात जना रहेका छन् ।
यसरी डिस्चार्ज हुनेमा मेचीनगर ७ का २३ वर्षीया, ६ की १८ वर्षीया तथा १० की २५ वर्षीया एक ÷ एक जना महिला रहेको आइसोलेन प्रमुख सविता सापकोटाले जानकारी दिइन् । उनका अनुसार मेचीनगर ८ का १५ वर्षीय किशोर, ६ का २६ , ३८ र ४७ वर्षीय पुरुष समेत डिस्चार्ज भएका छन् ।
पिसिआर परीक्षणका लागि भदौ २९ गते उक्त आइसोलेसन सेन्टरमा रहेका ९ जनाको थ्रोट स्वाबको नमूना संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठान धरानको माईक्रो बायोलोजिकल विभागमा पठाइएको थियो । बिहीबार प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा अन्य दुईजना बाहेक सबैको रिपोर्ट नेगेटिभ देखिएपछि सुरक्षित र व्यवस्थित रुपमा होेम क्वारेन्टाइनमा बस्नेगरी सबैलाई डिस्चार्ज गरिएको सापकोटाको भनाई छ । मेचीनगर १० का ३५ र २१ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । हाल आइसोलेसनमा चारजना रहेका छन् ।
योसंगै उक्त आइसोलेसन सेन्टरबाट मात्र कोरोनाको संंक्रमणबाट मुक्त भएर डिस्चार्र्ज हुनेको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्