झापा असोज, १ ।
दमकमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा दमक अस्पतालकी कर्मचारीको परिवारका ४ जना सदस्य रहेका छन् । त्यस्तै, स्थानीय व्यापारीको परिवारका दुई जना रहेका छन् ।

पुष्टिहुनेहरु सबै दमक –५का बासिन्दा हुन् । उनीहरुको गत मंगलबार स्वाव लिइ परीक्षणका लागि धरानस्थित विपी प्रतिष्ठान पठाइएको थियो । आजसम्म दमकमा १ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा दमकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्