बिर्तामोड , असोज १ । झापाको गरामनी बजारमा पहिलो पटक जिम हाउस संचालनमा आएको छ ।

विश्वकर्मा पूजाको अवसर पारेर बिर्तामोड –८ गरामनीमा नेक्स्ट लवल फिट्नेस सेन्टर सञ्चालनमा आएको हो । स्थानीय गोविन्द दाहालले करिव ३० लाख रुपैयाँको लगानीमा नेक्स्ट लेवल फिट्नेस सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
नेक्स्ट लेभल फिट्नेस सेन्टरको बिहीवार बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भट्टराईले शारीरिक व्यायाम नगरेर मानिसहरु रोगी बन्दै गएको भन्दै निरन्तर व्यायाम गर्न सुझाव दिए ।
कार्यक्रममा जिम तथा फिट्नेस व्यवसायी संघ झापाका अध्यक्ष गंगालाल गुरुङले शारीरिक व्यायामले मान्छेलाई स्वस्थ बनाउने भएकाले शारिरीक व्यायाम अनिवार्य भएको बताए । कोरोना जस्ता विभिन्न भाइरसको संक्रमणबाट बच्न पनि शारिरीक व्यायाम गर्न जरुरी भएको उनले जोड दिए । कार्यक्रममा नेक्स्ट लेभल फिटनेस सेन्टरका सञ्चालक दाहालले गरामनीमा फिट्नेस सेन्टर नभएको र यहाँका युवाहरु शारीरिक व्यायाम गर्न अन्यत्र जानुपर्ने वाध्यताको अन्त्य गर्दै आफूले गरामनीमा नेक्स्ट लेभल फिट्नेस सेन्टर सञ्चालनमा ल्याएको बताए ।उनले उद्घाटनका अवसरमा एक सातासम्म सेवाग्राहीहरुलाई भर्ना शुल्कमा ५० प्रतिशत छुट दिइने जानकारी दिए । हाल आफ्नो जिा हाउसमा बडी बिल्डिङको सुविधा रहेको भन्दै उनले विस्तारै महिलाहरुका लागि जुम्बा पनि राखिने बताए । कार्यक्रमको सञ्चालन जिम तथा फिट्नेस व्यवसायी संघ झापाका सचिव राजु दाहालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्