झापा, असोज ३ । शनिबार बिर्तामोडका थप तीन जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा दुईजना स्थानीय र एकजना भारबाट आएका व्यक्ति रहेका छन् ।

बिर्तामोड नगरपालिका २ र ५ का स्थानीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बिर्तामोड २ मा पसल संचालन गर्ने २५ वर्षिय व्यक्तिमा संक्रमण देखिएको छ । त्यस्तै वडा नं ५ घर भई इटहरीमा कार्यरत ३१ वर्षिय एक कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । त्यसैगरी भारतबाट फर्केका बिर्तामोड ६ घर भएका ५४ वर्षिय भारतीय सैनिकलाई पनि संक्रमण देखिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले बताए ।
शनिबारसम्म झापामा कुल संक्रमितको संख्या ७८७ पुगेको छ । भने कोरोनाबाट हाल सम्म झापामा ३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्