शिवसताक्षी , असोज ३ । संविधान दिवसको अवसरमा शिवसताक्षीमा दीप प्रज्वलन गरिएको छ ।

संविधान दिवसको अवसरमा नेपाल विद्यार्थी संघ शिवसताक्षीले दुधेमा दीप प्रज्वलन गरको हो ।
नेविसंघका झापा जिल्ला पूर्व सचिव बिनोद खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिला सचिव रतन थिङ्लाबो, प्रदेश संयोजक कमल भन्डारी, पूर्व क्षेत्रीय सभापति नारायणप्रसाद बजगाई, नगर सभापति पर्शुराम ढुंगाना, सह सभापतिद्वय बिनोद ढकाल र पदम थापा, नगर कोषाध्यक्ष दुर्गाप्रसाद भट्टराई, युवा नेता अशोक बस्नेत लगायत नेपाली काँग्रेस सम्बद्ध विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै सतासीधाम जेसीज र शिवसताक्षी वडा नं ८ को संयुक्त आयोजनामा झिलझिलेमा पनि दीप प्रज्वलन गरिएको छ । कार्यक्रममा नेका शिवसताक्षीका नगर सभापति पर्शुराम ढुंगाना, नेकपा नगर अध्यक्ष महेन्द्र भट्टराई, वडा नं. ८ का अध्यक्ष केहरसिंह बस्नेत र सतासीधाम जेसीजका वर्तमान अध्यक्ष कुमारसिंह साँवालगायतले संविधान जारी गर्न गरिएको यागदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्