शिवसताक्षी , असोज ४ । संघीय लिम्बुवान राष्ट्रिय मंचले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको छ ।

संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै लिम्बुवानले शिवसताक्षीको दुधेमा ओलीको राजीनामा माग्दै प्रदर्शन गरेको हो । ओली सरकार नालायक ठहर भइसकेको भन्दै यो सरकारले आमजनताको हित गर्न नसक्ने प्रदर्शनपछि आयोजित कोणसभाका वक्ताहरुले बताए । कार्यक्रममा लिम्बुवानका केन्द्रिय उपाध्यक्ष ज्ञानु इम्बुङ ,केन्द्रिय महासचिव भानु भट्टराई र जिल्ला अध्यक्ष धनबहादुर पन्धाकले बोलेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्