झापा, असोज ४। झापाको गौरादह–९ बैगुनधुराबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरादह–३ का २७ बर्षीय परमानन्द राजबंशी र सोही स्थानका २२ बर्षीय राजेश महतो रहेका छन् ।

बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल र महाभारा चौकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो राति करिब ११ बजे नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका उनीहरुलाई चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्