झापा , असोज ४ । स्थानीय समुदायकी एक बृद्धासहित झापामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा भद्रपुर नगरपालिका वडा नं ५ की ६७ वर्षिया एक बृद्धा रहेकी छन् । गत बिहीबार घाटीको समस्या लिएर ओमसाई पाथीभरा हस्पिटल जाँदा उनलाई पिसिआर रिपोर्ट ल्याउन चिकित्सकले सल्लाह दिएका थिए । उनले शुक्रबार मेची प्रादेशिक हस्पिटलमा पिसिआर परीक्षण गराएकी थिइन् । जसको रिपोर्ट आज पोजिटिभ आएको भद्रपुर नगरपालिकाका क्वारेन्टाइन प्रमुख मनोज भट्टराईले बताए । त्यस्तै मलेसियाबाट फर्केका अर्जुनधारा नगरपालिका वडा नं १ का ३२ र ४२ वर्षका दुई पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख इश्वरीप्रसाद पौडेलले बताए । आज तीनजना थपिएसँगै जिल्लामा संक्रमितको सँख्या ७९१ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्