झापा, असोज ४ । विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएका दुई फरार प्रतिवादी पक्राउ परेका छन्।

अवैध रुपमा बन पैदावार हानी नोक्सानी मुद्दाका फरार जय मेचेलाई आठ महिनापछि र चोरी मुद्धामा फरार ध्रुब तामाङलाई सात महिनापछि पक्राउ गरिएको हो।
ईलाम जिल्ला अदालतबाट २०७६ मंसिर २५ गते झापा मेचीनगर न.पा. वडा नं. ८ बस्ने बर्ष ३९ का जय मेचेलाई नौ लाख चौरानब्बे हजार दुई सय साठी रुपैयाँ जरिवाना र तीन महिना कैद फैसला भएको थियो।


त्यस्तै अर्का प्रतिवादी ध्रुब तामाङलाई झापा जिल्ला अदालतबाट २०७६ फागुन ५ गते भएको फैसला अनुसार एक महिना कैद र ५ हजार जरिवाना सुनाइएको थियो ।
कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका दुई जनालाई अदालत पेश गरी कैद भुक्तानका लागि झापा कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्