बिर्तामोड, असोज ५ । इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमबार दुईलाख बराबरको सुर्ती बरामद गरेको छ । बिर्तामोड –५ एकताटोलमा कोठा भाडामा बसेर पुष्पा कोइरालाले सञ्चालन गरेको अमिलो उद्योगबाट १० बोरा सुर्ती बरामद गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।


विशेष सूचनाका आधारमा खटिएको प्रहरीले सुर्ती बरामद गरेको प्रमुख रिजालले जनाए । बरामद गरेको सुर्ती आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय चन्द्रगढी पठाइएको इप्रका बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्