झापा, असोज, ५ । सोमबार कोरोनाका कारण झापा मेचीनगरकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–५ की एक महिला रहेकी छन् ।


स्वास फेर्न गाह्रो भए पछि एक साता अघि धरानस्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी ७२ बर्षीय महिलाको उपचारकै क्रममा निधन भएको हो । उनको शवको व्यवस्थापन गरी नेपाली सेनाले झापाको कनकाई घाटमा अन्तेष्टि गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्