बिर्तामोड , असोज ५ । झापामा एकजना पुरोहितलाई कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा बिर्तामोड नगरपालिका वडा नं १० का ५० वर्षिय पुरोहित रहेका छन् । उनी केही दिनअघि भारतबाट फर्केका थिए । फर्केर होटल क्वारेन्टाइनमा बसेका उनी त्यसपछि घर आएको बताइएको छ । आज एकजना थपिएसँगै झापामा कोरोना संक्रमितको सँख्या ७९२ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्