दमक, असोज ५ । दमक ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले नवौं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।

सोमबार दमकस्थित संस्थाको आफ्नै कार्यालयमा एक कार्यक्रम गरी आसन्न साधारणसभामा प्रस्तुत गरिने बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको व्यवस्थापक कुवेरप्रसाद तुम्बापोले बताए । प्रतिवेदन सहकारीका संस्थापक अध्यक्ष मेहरमान लिङदेन,सचिव दिलिप लिम्बु,कोषाध्यक्ष फूलकुमारी आङदेम्बेले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सहकारीले यस बर्ष भव्य रुपमा सम्पन्न गर्न कठिनाई भएकाले क्षेत्रगत आधारमा साधारणसभा गर्न लागिएको सचिव लिम्बुले बताए । सहकारीको दमकसहित बिर्तामोडमा सेवा केन्द्र सञ्चालनमा रहेको छ भने झापाको शिवसताक्षी र मोरङको उर्लावारी समेत सेवा केन्द्र विस्तार गर्न प्रस्ताव अघि बढाईएको उनले जानकारी दिए ।
साधारणसभाको कार्यसूचीअनुसार माईपूर्व क्षेत्रका शेयर सदस्यहरुका लागि बिर्तामोडस्थित सेवा केन्द्रमा असोज ७ गते, शिवसताक्षी क्षेत्रका लागि झिलझिलेमा असोज ८, ९ गते कमल गाउँपालिकाको मंगलवारेमा ,१० गते इलामको माङसेवुङ क्षेत्रका लागि भन्ज्याङमा प्रतिवेदन उपलव्ध गराउने कार्यक्रम रहेको छ भने दमक १,७,८,९ र १० का शेयर सदस्यका लागि असोज ११ ,दमक २,३,४,५ ,६ र ७ का शेयर सदस्यका लागि असोज १२ गते र मोरङको उर्लावारी क्षेत्रका शेयर सदस्यका लागि असोज १३ गते प्रधान कार्यालय दमकमा साधारणसभाको प्रतिवेदन उपलव्ध गराउने कार्यक्रम रहेको जनाईएको छ ।
भmापा जिल्लाभरि कार्यक्षेत्र रहेको सो सहकारीमा पुरुष ४३८ र महिला ६३७ गरी १०७९ जना शेयर सदस्य छन् ।
गएको आर्थिक बर्षसम्म संस्थाको २ करोड ७९ लाख १४ हजार ७ सय कुल शेयर पूंजी ,बचत ८ करोड १ लाख २४ हजार ७ सय १५,कर्जा लगानी १० करोड ७० लाख ९१ ह्जार ९१ रुपैया पुगेको सचिव लिम्बुले बताए । कोभिडका कारण अन्य क्षेत्रमाझै सहकारीमा समेत असर पुगेको भएपनि सन्तोषजनक रुपमा प्रगति गर्न सफल भएको उनले जनाएका छन् ।
सञ्चारकर्मीहरुसहित संस्थाका सञ्चालक ,शेयर सदस्य,कर्मचारीहरुको उपस्थितिमा प्रतिवेदन सार्वजनिक गरिएको थियो । यसअघि लकडाउनका समयमा कार्यालयसम्म आएर बचत तथा ऋणको सुविधा लिन समस्या आएपछि संस्थाले घरैसम्म पुगेर सेवा पुरयाएको अध्यक्ष पदम लिङ्गदेन (संकल्प ) ले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्