बिर्तामोड , असोज ५ । महेन्द्ररत्न माध्यमिक विद्यालयका कार्यवाहक अध्यक्ष पर्शुराम शिवाकोटीको आज निधन भएको छ ।

बिर्तामोड नगरपालिका १० लक्ष्मीनारायण टोल निवासी शिवाकोटीको ५७ वर्षको उमेरमा आज साँझ निधन भएको हो । नेकपा बिर्तामोड नगर कमिटी सदस्य शिवाकोटी पेटको क्यान्सरबाट ग्रसित थिए । आज विहानदेखि रोगले च्यापेपछि उनको बैतर्नी गरिएको र साँझ ५ बजेतिर निधन भएको बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले बताए । उनका अनुसार शिवाकोटी सामाजिक कार्यमा आवद्ध रहेका थिए । उनको भोलि अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्