झापा असोज, ६ । उत्तरी मोरङको केराबारी स्थित बुद्ध माध्यमिक विद्यालयले सामाजिक दुरी र स्वास्थ्य सुरक्षासहित पठनपाठन सञ्चालन गरेको छ । कोरोना भाइरसको महामारीको कारण लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित रहेकोमा केराबारी–९ मा रहेको बुद्ध माध्यमिक विद्यालयले आइतबारदेखि पठनपाठन सञ्चालन गरेको हो ।


अहिले दिनमा ४ वटा कक्षाका विद्यार्थीलाई बोलाएर मास्क, फेससिल्डसहित सामाजिक दुरीमा राखेर पठनपाठन सुरु गरिएको प्रध्यानाध्यापक छवि धमलाले जानकारी दिए । विहान १० बजेदेखि ४ बजेसम्म नै सामाजिक दूरी कायम गर्दै नियमित मास्क, फेससिल्ड र स्यानिटाइजरको प्रयोग गरेर पठनपाठन थालेको उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण गत चैतदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन नराम्रोसँग प्रभावित भएको छ । विद्यालय व्यवस्थापन समतिका अध्यक्ष भूपालमान कार्कीका अनुसार विद्यार्थीहरुले पढाई नै विर्सने अवस्था आएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालय सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्