दमक ,असोज ६ । झापाको कमल गाँउपालिका– ५ बसन्त चौंक (साविक लखनपुर १) स्थित बस्ती विकास बचत तथा ऋण सहकारी संस्थाले मंगलवार आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोभिड– १९ को संक्रमणका कारण आफना सदस्यहरुलाई आलोपालो सहित भौतिक दुरी कायम गरी साधारणसभा सम्पन्न गरिएको हो ।


संस्थाकी अध्यक्ष कमलादेवी बस्नेतको अध्यक्षता र संस्थाका सल्लाहकार संयोजक इन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा सहभागि संस्थाका सदस्यहरुलाई आलोपालो गरेर प्रवेशको व्यवस्था मिलाइएको थियो । संस्थाले बार्षिक साधारणसभा तथा बार्षिकोत्सवको समेत अवसर पारेर विभिन्न विधामा उत्कृष्ट हुने बचत कर्तालाई सम्मान सहित पुरस्कार वितरण गरेको संस्थाका सचिव भुपेन्द्र लावतीले जानकारी दिए ।


पुरस्कृत हुनेहरुमा साधारण वचततर्फ देवराज पौडेल र लिलानाथ तुम्रोक, बाल बचत तर्फ दिपेश सहनी, आरोही कार्की, बन्दना साह र कुसुम नेपाली रहेका छन् । त्यस्तै, कर्जातर्फ उत्कृष्ठ हुने दिपक कुमार संग्रौला र ज्येष्ठ नागरिक बचत तर्फ कुमारसिहं मेचेलाई पुरस्कृत गरिएको छ । अवधि बचततर्फ सिजन गुरुङ, समिक्षा पाख्रिन र प्रिति खवासलाई पुरस्कृत गरिएको व्यवस्थापक किशोर गुरागाइँले जानकारी दिए ।


स्थानीय नवयुवा क्लबको सभाकक्षमा आयोजना गरिएको साधारणसभामा प्रमुख अतिथी राई, संस्थाका निवर्तमान अध्यक्ष तिर्थनारायण ताजपुरिया, लेखा संयोजक देवराज बस्नेत, उपाध्यक्ष गजेन्द्र धिमाल लगायतले सहकारी संस्थाका बिषयमा धारणा राख्नुका साथै विभिन्न विधामा उत्कृठ हुने सदस्यहरुलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष बस्नेतले बार्षिक प्रतिवेदन र लेखा समितिको प्रस्तुत प्रतिवेदन वन्दसत्रले सर्वसम्मत पारित गरिएको थियो ।

शेयर पुँजी ४० लाख पुग्यो
संस्थामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्ष २०७६÷०७७ मा शेयर पुँजीमा वृद्धि भएको छ । कोरोना संक्रमणका बाबजुद संस्थाले ३६ लाख २१ हजार रुपैयाँमा थप ३ लाख ५८ हजार रुपैयाँ शेयर पुँजी बृद्धि गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले सो आर्थिक वर्षमा १ करोड निक्षेप संकलनको लक्ष्य राखेकोमा ४ करोड १९ लाख निक्षेप संकलन गर्न सफल भएको र आर्थिक वर्ष २०७७÷०७८ मा ६ करोड निक्षेप संकलनको लक्ष्य राखेको प्रतिवेदनमा उल्लेख छ ।

सामाजिक उत्तरदायित्व
त्यसैगरी, संस्थाले आर्थिक कारोबार मात्रै नगरी सामाजिक उत्तरदायित्व समेत निर्वाह गरेको सचिव भुपेन्द्र लावतीले जनाए । उनका अनुसार गत आर्थिक वर्षमा संस्थाले गाउँपालिकाद्धारा स्थापित कोभिड १९ को राहत कोषमा १० हजार ५१ रुपैयाँ सहयोग उपलब्ध गराएको, कमल– ५ मंगलबारेकी अग्नीपीडित कृष्णमाया लिम्बुलाई राहत दिनुका साथै मेनेन्जाइटिस पीडित स्थानीय देव लिम्बूलाई समेत आर्थिक सहायता उपलब्ध गराएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्