बिर्तामोड, असोज ६ । दुवै मिर्गौला खराब भएका बिर्तामोड नगरपालिका वडा नं.–६ का बुद्धराज लिम्बूले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

उपचार सहयोग गर्दै सहयोगी हात

कमजोर आर्थिक अवस्था भएका कारण उपचार खर्च जुटाउन नसक्दा उपचारबाटै बञ्चित हुनुपरेको उनले बताए ।
दुवै मिर्गौला खराब भएपछि गत असारदेखि थला परेका ३५ वर्षीय बुद्धराजको उपचार खर्च जुटाउन बुद्धराज लिम्बू बचाउ अभियान सञ्चालन गरिएको छ ।
रोहित लिम्बूको संयोजकत्वमा गठित समितिले झण्डै एकमहिनाको अवधिमा नौ लाख बढी रुपैयाँ सहयोग जुटाएपनि उपचारका लागि उक्त रकम पर्याप्त नहुने भएपछि अपिल गर्नुं परेको अभियानका संयोजक रोहित लिम्बूले बताए ।
दुई सन्तानका बाबु बुद्धराजलाई उनकी श्रीमती पिङ्कीले मिर्गौला दिने भएपनि ट्रान्सप्लान्ट गर्नु पहिले र त्यसपछि लाग्ने खर्चका लागि पीडित र अभियानका संयोजक दुवैले सहयोगका लागि अपिल गरेका हुन् ।
बुद्धराजको हाल बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा डाइलोसिस् भइरहेको छ । कमजोर आर्थिक अवस्था भएका बुद्धराजको नियमित डाइलोसिस पनि संकलित रकमबाट हुँदै आएको अभियानकी कोषाध्यक्ष फुलमाया शेर्पाले बताइन् । उनको उपचारमा लगभग ३० लाख रुपैयाँ लाग्ने चिकित्सकको भनाई उद्धृत गर्दै बुद्धराजले बताएका छन् ।
सहयोग गर्नका लागि गरिमा विकास बैंक लिमिटेडमा रहेको खाता नं.–०५२०१९००८३६७७००००००१ मा रकम जम्मा गर्न सकिनेछ भने सम्पर्कका लागि लोकबहादुर हाङसुरुम्बा ९८१५९०४९४४ र फुलमाया शेर्पा ९८२४३९३४० लाई सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्