दमक, असोज ७ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले क्षणिक नाफाको लोभमा सीमित ब्यापारीले कालोबजारी गर्ने र मूल्यबृद्धि गर्ने गर्दा सम्पूर्ण व्यवसाय क्षेत्र बदनाम हुने अवस्था आउने भन्दै त्यसतर्पm सचेत बन्न दमकका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

दमक उद्योग बाणिज्य संघले बुधबार आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ तिमिल्सिनाले कोरोना संक्रमणका कारण आएको बिषम परिस्थितिमा सबै क्षेत्र मिलेर सहकार्य गरे मात्रै संकट समाधान गर्न सकिने भएकाले सबैले एकताबद्ध भई नागरिकलाई सेवा प्रवाह गर्नु पर्ने बताएका छन् ।
जिल्लाको सदरमुकाम भद्रपुरमा रहेपनि नागरिकलाई सेवा प्रवाह गर्ने कुरामा टाढा हुने नदिने भन्दै उनले हप्तामा एक दिन दमकमै आएर सेवा दिने कार्यलाई निरन्तरता दिने वताए ।
साताको बुधबार यसअघि पनि प्रजिअले सेवा पुरयाँउदै आएका थिए । भौगोलिक रुपमा टाढा र नजिकले नागरिकलाई राज्यले दिने सेवामा फरक नपार्ने भन्दै उनले सबै जिल्लाबासीलाई समान किसिमले राज्यका सेवा प्रवाह गर्ने बताए ।
भर्खरै झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आएका तिमिल्सिनालाई दमक उद्योग बाणिज्य संघले औपचारिक कार्यक्रमका बीच स्वागत गरेको हो । संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईं, संघका सल्लाहकार ईन्द्रकुमार श्रेष्ठ, किवानिज क्लब दमक अध्यक्षका रवि केसी, रोटरी क्लब दमकका अध्यक्ष शान्ता नेपाल लगायतले शुभकामना मन्तव्य राखेका संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्