भद्रपुर, असोज ८ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले श्रम तथा कम्पनी ऐनको निर्दिष्ट सिद्धान्त अनुसार शिक्षक कर्मचारीको पारिश्रमिक नदिने संस्थागत विद्यालयबिरूद्ध कानुनी उपचार सुरू गर्ने भएको छ ।

पहिलो चरणमा असोज १२ गतेबाट शिक्षक कर्मचारीलाई तलव नदिने विद्यालयहरूको नाम किटान गरी श्रम तथा रोजगार कार्यालय र जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गर्ने तयारी इस्टुले गरेको हो ।
उजुरी समितिमा झापाका एक सय विद्यालयले शैक्षिक वर्ष २०७६ कै पारिश्रमिक नदिएको उजुरी आइसकेको छ भने २०७७ बैशाखदेखि भदौसम्म पारिश्रमिक नदिने तीन सय विद्यालयको नाम शिक्षक कर्मचारीले दिइसकेका छन् ।
उजुरी समितिका संयोजक राजु बरालले श्रम तथा कम्पनी ऐनको निर्दिष्ट सिद्धान्त अनुसार पारिश्रमिक नदिने विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई असोज १२ गतेभित्र उजुरी दर्ता गराउन आव्हान गरेका छन् ।
संस्थागत विद्यालय शिक्षक युनियन केन्द्रीय समितिले साउन ४ को प्याब्सन एन प्याब्सनसितको सहमति कार्यान्वयन नभएको ठहर गर्दै देशभर असोज ११ बाट आन्दोलनको घोषणा गरिसकेको छ भने इस्टु झापाले पालिकास्तरबाट सञ्चालित आन्दोलनलाई अनुमोदन गरेर निर्णायक चरणमा पुर्याउन सवै पालिका समितिलाई आव्हान गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्