एजेन्सी । संसदको दुवै सदनबाट पारित कृषि विधेयकको विरोधमा भारतमा आज किसान संगठनहरुले देशभर चक्काजाम गर्दैछन् ।

सरकारले त्यस विधेयकलाई किसान हितैषी दावी गरेको छ । त्यसबाट किसानहरुको आय बढ्ने र उनीहरुको उत्पादनका लागि बजार खुल्ने जनाएको छ । तर किसान संगठनहरुले सो विधेयक कृषि क्षेत्रलाई व्यापारीहरुको हातमा सुम्पने प्रयास भएको बताएका छन् ।त्यस विधेयकको विरोधमा सबैभन्दा व्यापक प्रदर्शन पन्जाब र हरियाणामा हुँदैछ । पन्जाबमा त हिजोदेखि नै रेल रोक्ने अभियान शुरु गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्