बिर्तामोड , असोज ९ । झापाको अर्जुनधारा–११ स्थित बसपार्क र बिर्तामोड भगवान चोकबाट लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बिर्तामोड–३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नरप्रसाद राजवंशी रहेका छन भने अर्का बिर्तामोड–२ का २२ बर्षीय प्रदिप राजवंशी रहेका छन । बिशाल र नरप्रसाद ११ ग्राम ब्राउनसुगरसहित अर्जुनधाराबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । त्यस्तै प्रदिप १० ग्राम ब्राउनसुगरसहित बिर्तामोडको भगवान चोकबाट पक्राउ परेको कार्यालयले जनाएको छ ।
बिशेष सुराकका आधारमा उनीहरुलाई गएराति पौने ११ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्