दमक, असोज १० ।झापाको दमकमा पौडेल युवाहरुको साझा संस्था पौडेल युवा मञ्च गठन भएको छ । शनिबार दमक– ७ स्थित पौड्याल वंशोद्धार समितिको भवनमा सम्पन्न पौडेल वंशका युवाहरुको पहिलो नगर भेलाले दमक ५ का थरेन पौडेलको अध्यक्षतामा १५ सदस्यीय पौडेल युवा मञ्च दमक नगर समिति सर्वसम्मत चयन गरेको हो ।

युवा मञ्चको उपाध्यक्षमा दमक ९ का दिपेन्द्र पौडेल, सचिवमा दमक ८ का केदारबाबु पौडेल, सहसचिवमा दमक ६ की कविता पौडेल र कोषाध्यक्षमा प्रनिता पौडेल रहेका छन । त्यसैगरी सदस्यहरुमा प्रदिप पौडेल दमक ३, विजय पौडेल दमक ९, अरुण पौडेल दमक ७, खेमराज पौडेल दमक ४, निलम पौडेल दमक १, मोहन पौडेल दमक ९, मनोज पौडेल दमक १० रहेका छन । थप एक जना सदस्य आगामी बैठकले मनोनित गर्ने जनाइएको छ ।
सोही भेलाले पौडेल वंशका १६ देखि ४५ बर्ष उमेर समुहका युवाहरुलाई संगठित गर्दै संगठनलाई झापाका अन्य पालिकाहरुमा समेत विस्तार गर्ने तथा आवश्यक सुझाव सल्लाह प्रदान गर्न राम पौडेलको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । समितिका सहसंयोजकमा विष्णु पौडेल, सदस्यहरुमा ज्ञाननाथ पौडेल (ज्ञानु) , गायत्री पौडेल ( सन्तोष) र रेवत पौडेल रहेका छन् ।
भेला आयोजक समितिका संयोजक राम पौडेलको अध्यक्षता र पौडेल वंश महासंघका केन्द्रीय सदस्य युवराज पौडेलको प्रमुख आतिथ्यमा भएको सो भेलाले संगठन सञ्चालन तथा बन्धुहरुको हितका लागि युवाहरुबीच दमकमा दैनिक एक रुपैयाँ सहयोग संकलन गर्ने निर्णय पनि गरेको छ ।
भेलामा प्रमुख अतिथि केन्द्रीय सदस्य पौडेल, विशेष अतिथिहरु दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य गायत्री पौडेल ( सन्तोष) र वाणिज्य संघका निवर्तमान केन्द्रीय सदस्य ज्ञाननाथ पौडेल ( ज्ञानु)ले पनि शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्