बिर्तामोड, असोज १० । नेवाः पासा मुना पुचः बिर्तामोडको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दिपेश बैद्यले जानकारी दिएका छन् । नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा ११२ औं पटक रक्तदान गर्ने राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेवाः पासा मुना पुचः बिर्तामोडकी सदस्य शर्मिला श्रेष्ठले स्वागत गरेकी थिइन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटी, एकका लागि एक अभियानका सहसंयोजक बिनोद बस्नेत लगायतले कोरोना भाइरसको संक्रमणको जोखिमका बीच रक्तदान कार्यक्रम आयोजना गरेर मानवताको सेवाका लागि उत्कृष्ट कार्य गरेकोमा नेवाः पासा मुना पुचः बिर्तामोडको प्रशंसा गरेका थिए ।

कार्यक्रममा ५०औं पटकभन्दा बढी रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा राजकुमार श्रेष्ठ(११२औं पटक), दिपेश वैद्य (८०औं पटक), सन्तोष अग्रवाल (७९औं पटक), ओमप्रकाश लुइँटेल (७२औं पटक), राजेन्द्रप्रसाद चम्लागार्इँ (६९औं पटक) रहेका छन् । कार्यक्रममा लोकप्रसाद चापागाईले ३०औं, रवीन शाक्यले २१औं र गोविन्द श्रेष्ठले २१औं पटक रक्तदान गरेका थिए । कार्यक्रमको सञ्चालन नेवाः पासा मुन पुचः बिर्तामोडका सचिव कमल श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्