मेचीनगर, असोज १० । प्रेस क्लब मेचीनगरको अध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् ।

क्लबको आज काँकरभिट्टामा सम्पन्न अधिवेशनले दुईबर्षे कार्यकालका लागि उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शिशिर चम्लागार्इँ, सचिवमा जिआर धिताल, कोषाध्यक्षमा रीता दाहाल र सहसचिवमा भूमिका लिम्बु फ्याक चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रकाश पौडेल, विकास देवकोटा, युवराज आचार्य, किशोर उपरकोटी, खगेन्द्र घिमिरे, हेमन्त निरौला, माया लामिछाने, हरिकृष्ण भण्डारी, दिलिप थापा र उमेश खतिवडा छानिएका छन् ।

कार्यक्रममा मेचीनगरलाई कार्यक्षेत्र बनाएर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका पत्रकार जिएन शर्मालाई ११,१११ रुपैयाँ राशिको मेचीनगर पत्रकारिता पुरस्कार र नवोदित पत्रकार खगेन्द्र घिमिरेलाई ५,५५५रुपैयाँ राशिको मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सम्मान पत्र र नगद पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगर प्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई अर्याल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली काँग्रेस मेचीनगर उपसभापति सुरेन्द्र बुढाथोकीलगायतले शुभकामना मन्तब्य राखेका थिए । प्रेस क्लबका संयोजक मुक्ति पौडेलको सभापतित्वमा भएको कार्यक्रममा क्लबका सचिव झुलन रेग्मीले स्वागत मन्तब्य राखेका थिए भने संचालन क्लबका सहसंयोजक ज्ञानेन्द्र निरौलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्