भद्रपुर, असोज ११ । नेपाली काँग्रेस र राप्रपासँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पनि पार्टी प्रवेश कार्यक्रमलाई तिब्रता दिएको छ ।

केही दिनयता झापामा पार्टीहरुबीच कार्यकर्ता तानातान बढेको हो । काँग्रेस र राप्रपाले आफ्ना कार्यकर्ता तान्ने प्रयास गरिरहँदा नेकपाले पनि पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिएको हो । केही दिनअघि हल्दीबारीमा पार्टी प्रवेश कार्यक्रम गरेको नेकपाले शनिबार भद्रपुरमा १८६ जनालाई आफ्नो पार्टीमा भित्र्याएको छ । नेकपा भद्रपुर ४ नं वडा कमिटीको आयोजनामा भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा राप्रपा , काँग्रेस र अन्य पार्टी परित्याग गरी १८६ जना नेकपामा प्रवेश गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य तथा १ प्रदेश कमिटी अध्यक्ष देबराज घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्य , प्रदेश कमिटी सदस्य, जिल्ला अध्यक्ष , प्रदेश साँसद, जिल्ला कमिटी सदस्य, नगर प्रमुख र उपप्रमुख, जनप्रतिनिधि, पार्टीका नगर र वडा अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्